२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


कोरोना नियन्त्रणका लागि कसैले पनि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एक हुनुपर्छः प्रधानमन्त्री देउवा


325
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेका नेताहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताउनुभएको हो ।

उहाँले महामारी नियन्त्रणका लागि कसैले पनि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एक हुनुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रमक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताउनुभयो ।

आफूले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या बृद्धि भएको बताउँदै उहाँले सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताउनुभयो ।

शनिबार नेकपा एमालेका नेता सुवास नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा सरकारले चाल्नुपर्ने कदम र सुझावसहितज्ञापनपत्र बुझाएको छ ।