
काठमाडौं । सुडानलाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको नक आउट चरणमा पुगेको छ ।
क्यामरुनमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समुह डि को खेलमा नाइजेरियाले सुडानलाई ३–१ ले हरायो । जितसँगै नाइजेरियाले समुहमा २ खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट ३ अंक जोडेको इजिप्ट दोस्रो स्थानमा छ ।
गएरातिको खेलमा इजिप्टले गिनी बिसाउलाई १–० ले हरायो । इजिप्टको जितमा मोहोमद सालाहको गोल निर्णायक रह्यो ।
अफ्रिका कप फुटबलमा आज राती तीन खेल हुनेछन् । आज आइभोरी कोष्ट र सिएरा लियोन भिड्दा गाम्बिया र माली तथा ट्युनिसिया र मौरितानिया भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्