
Web Pic
काठमाडौं । काठमाडौंको कलंकीमा शनिबार बेलुकी सवा ७ बजे बसको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
कलंकीबाट स्वयम्भु तर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८–प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौं मनमैजु बस्ने रुकुम पुर्व घर भएका २१ बर्षीय संगित बुढामगरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा पौने ८ बजे मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौंको बसन्तपुर बस्ने रुकुम पुर्व घर भएका २३ बर्षीय विवित बुढामगरको सोही अस्पतालमा उपचार भईरहेको छ ।
ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्