६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कोहलीको राजीनामाले उनका प्रशंसक अचम्मित


1.989k
Shares


एजेन्सी । भारतीय क्रिकेटका कप्तान विराट कोहलीले कप्तानको पदबाट राजीनामा दिएपछि उनका प्रशंसक र भारतीय फिल्म क्षेत्रका कलाकारहरुले विभिन्न प्रतिक्रिया जनाएका छन् ।

उनले टेस्ट फर्म्याटको कप्तानबाट शनिबार राजीनामा दिएका थिए । उनले कप्तानबाट राजीनामा दिएको समाचार बाहिरिएसँगै उनका प्रशंसक र भारतीय फिल्म क्षेका कलाकारहरु पनि अचम्ममा परेका छन् । भारतीय सिने क्षेत्रका हस्तीहरुले कोहलीको निर्णयप्रति प्रतिक्रिया जनाउँदै उनको निर्णयलाई सम्मान गरेको भन्दै शुभकामनम पनि दिएका छन् ।

उनका प्रशंसकहरुले चाहि अचम्ममा परेको बताएका छन् ।कप्तानबाट राजीनामा दिएका कोहलीले भारतीय क्रिकेट टिमलाइ सही दिशामा लैजानको लागि ७ वर्ष सम्म कठिन मेहनत र अथक प्रयास गरेको जनाएका छन् ।