२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेप्सेमा २० अंकको सुधार, मध्यभोटेकोसीमा सर्किट


312
Shares

काठमाडौं । आइतबार उत्साहजनक तरिकाले बढेको सेयर बजार कारोबार हुने साताको दोस्रो दिन दोहोरो अंकको सुधार आएको छ ।

सोमबार २०.६४ अंकले नेप्से बढ्दा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.७ अंकले बढेर ५ सय ४६ पुगेको छ । कारोबार भएका १३ समूहका उपसूचकमध्ये पाँच समूह राताम्मे रहँदा बाँकी हरियो रह्यो ।

विकास बैंक, फाइनान्स, व्यापार, माइक्रोफाइनान्स र व्यापार समूह ओरालो लागेको छ भने बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन, म्युचल फण्ड र अन्य समूह उकालो लागेको हो ।

मध्य भोटेकोसी जलविद्युत् आयोजनाको सेयरका लगानीकर्ताले १० प्रतिशतले कमाए । अन्य कुनै पनि कम्पनीको सेयरमा आज सकारात्मक सर्किट लागेन ।

यसदिन २ सय २४ कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यो रकम हिजोको भन्दा केही कम हो ।