१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


Breaking : प्रदेश २ को नाम ‘मधेश’ कायम


1.703k
Shares

काठमाडौं । प्रदेश २ को नाम मधेश प्रदेश कायम भएको छ ।

प्रदेशको नामाकरणसम्बन्धी प्रस्तावमा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । जसको पक्षमा ८० मत खसेको थियो । यो प्रदेशभसा बैठकको दुई तिहाई बहुमतभन्दा बढी हो ।

यसअघि आजै बसेको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी जनकपुरधाम कायम गरेको थियो ।