
काठमाडौं । बागलुङमा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ दिन थालिएको छ ।
कोभिसिल्ड र भेरोसेल खोपको दोश्रो मात्रा लगाएको ६ महिना पूरा भएकालाई ‘बुस्टर डोज’ दिन थालिएको बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
आइतबारदेखि ‘बुस्टर डोज’ लगाउन नगरपालिकाले थालेको अभियानमा खोप लगाउनका लागि टाढादेखि मानिसहरू हिँडेर आउन थालेका छन् ।
बागलुङका लागि ५ हजार ‘बुस्टर डोज’ आएकाले पालो मिलाएर खोप लगाउने तयारी भएको खनालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्