
काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबलअन्तर्गत गएरातिका खेलहरुमा क्यामरुन र केप भर्डे तथा बुर्किना फासो र इथियोपियाले बराबरी खेलेका छन् ।
समुह ‘ए’ का तेस्रो चरणका दुबै खेल १–१ गोलको बराबरीमा सकिएका हुन् । यो बराबरीसँगै ३ खेलबाट ७ अंक जोडेको आयोजक क्यामरुन समुह विजेता बन्न सफल भयो । ४ अंकसहित बुर्किना फासो दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
समान ४ अंकसहित तेस्रो स्थानमा रहेको केप भर्डेको पनि नक आउट चरणमा पुग्ने सम्भावना जिवित छ ।
अफ्रिका कप फुटबलमा आज राति समुह ‘बि’ का अन्तिम दुई खेल हुनेछन् । समुहमा शिर्ष स्थानको गिनीले चौथो स्थानको जिम्बाबेसँग खेल्दा दोस्रो स्थानको सेनेगल र तेस्रो स्थानको मलावी भिड्न्ेछन् ।
प्रतिक्रिया दिनुहोस्