१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाम र राजधानी तोकिएको खुसीयालीमा मधेस प्रदेश सरकारले दियो सार्वजनिक बिदा


2.886k
Shares

काठमाडौं । नाम र राजधानी तोकिएको खुसीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र राजधानी टुंगो लागेको हो ।

सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको थियो । मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।