१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुनको मूल्य बढ्दा चाँदी चाहिँ स्थिर


1.469k
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य सोमबार प्रतितोला रु. ९२ हजार तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेर १ हजार २ सय ५५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।