
हेटौंडा । बागमती प्रदेशको राजधानीको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
बिहीबारदेखि मंगलबारसम्म ३६ जना संक्रमण भएको अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मी सहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरू ८ जना रहेका छन् ।
आफूलाई पनि लक्षण देखिएको र अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई समेत कोरोना संक्रमण भएको अध्यक्ष प्रसाईंले बताउनुभयो ।
तीन सय भन्दा बढी कर्मचारी रहे पनि हामीले १० बजे देखि १ बजेसम्मलाई ओपिडी सेवा सञ्चालन गर्ने रणनीति बनाइरहेको बताउनुभयो ।
मकवानपुरमा कोरोनाको संक्रमणको संख्या बढिरहेको अवस्थामा इमर्जेन्सी भएमा मात्र अस्पताल आउन उहाँले आग्रह गर्नुभयो ।
ठूलो संख्यामा कर्मचारीलाई संक्रमण देखिएपछि निजी अस्पताल तथा स्थानीय तहहरूमा कार्यरत स्वास्थ्यकर्मी परिचालन गराउन सम्बन्धित निकायलाई जानकारी गराइएको अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्