१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वोच्चका न्यायाधीश रेग्मी र विष्णु पौडेलका छोरालाई कारबाही गर्न अख्तियारमा निवेदन


22.737k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी स्वामित्वको जग्गा गैरकानूनी रूपमा हडप्न खोज्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन पौडेललाई कानूनी कारबाही गर्न माग गरेको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा निवेदन दिँदै युवा संघ नेपालले रेग्मी र पौडेललाई कारबाहीको माग गरेको हो । रेग्मी र पौडेलले ललिता निवासको जग्गा आफ्नो नाममा पास गराएको र पछि फिर्ता गरेपछि आयोगले उनीहरूमाथि मुद्धा नचलाउने निर्णय गरेको थियो ।

अख्तियारले घटनालाई गम्भीर तोडमोड भएको आशंका गर्दै युवा संघ नेपालले यसले स्वयं आयोगको महत्व, गरिमा र अस्तित्वमै प्रश्नचिन्ह खडा गर्ने जनाएको छ । व्यक्ति विशेषलाई कानूनी कारबाहीबाट उन्मुक्ति दिने उदेश्यले समान विषयमा आयोगले असमान अनुसन्धान गर्न नमिल्ने भन्दै युवा संघले उनीहरूलाई समेत कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेको हो ।