
काठमाडौं । आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने छ । हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानहरुमा हुस्सु–कुहिरो लागि रहेको छ ।
दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशको पहाडी भू–भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । सुदूर पश्चिम प्रदेश,कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना हुने छ ।
प्रतिक्रिया दिनुहोस्