२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु


6.279k
Shares

काठमाडौं । नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।

२३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट आज ४ जनाले ज्यान गुमाएका छन् ।

देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९, काठमाडौंमा ४ हजार ६६६ गरी काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।