
काठमाडौं । कोभिड–१९ संक्रमणपछि लकडाउनको समयमा पनि आफ्नो देशका पर्यटकलाई सहयोग र उद्धार गरेको भन्दै अमेरिकी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ ।
बोर्डलाई बुधबार एक कार्यक्रमको आयोजना गरी दुतावासले सम्मान गरेको हो ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत र्यान्डि बेरीले नेपाल र अमेरिकाबीच लामो कुटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले सधैं सहयोग गर्ने समेत बताउनु भएको छ ।
बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडको समयमा नेपालले गरेका कार्यबाट बोर्डले सम्मान पाउनु नेपाली पर्यटन क्षेत्रका लागि खुसीको कुरा भएको बताउनु भयो ।
बोर्डले स्ट्रयान्डेड इन नेपाल अन लाइन अभियान सञ्चालन गरी नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७ सय २१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो ।
यसअघि बोर्डकै अग्रसरतामा भएको विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य प्रति नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड समेत प्राप्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्