
काठमाडौं । मौसममा आएको कम भिजिविलिटीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ ।
काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटार बाहेकका अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द भएका हुन् ।
त्यस्तै बुद्ध एयरले विमानस्थलहरु बन्द हुँदा आफ्नो उडान प्रभावित भएको सूचना समेत जारी गरेको छ । काठमाडौंबाट विभिन्न जिल्लाका लागि उडेका जहाजलाई समेत केहीबेर आकाशमा होल्ड गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्