
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान सुरु गरेको छ ।
महाशाखाले काठमाडौंको आरएनएसीबाट आम नागरिकहरूलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान सुरु गरेको हो ।
महाशाखाले सवारीसाधनमा मास्क अनिवार्य लगाउन आग्रह गरिएको पर्चा तथा पम्प्लेटहरूसमेत टाँसेको छ भने सवारीसाधन चालक र सहचालक तथा यात्रुलाई सवारीसाधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले कोरोना महामारी बढिरहेकोले आम नागरिकलाई सचेत गराउनका लागि अभियान सुरु गरेको बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले मास्क लगाएर हिँड्न सचेतना अभियान सुरु गरेको बताउनुभयो ।
ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कर्मचारी, मजदुर संघहरूले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउनका लागि सचेत गराइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्