१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पत्रकार एलबी विश्वकर्माको निधन, महासंघद्वारा दुःख व्यक्त


8.346k
Shares

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ ।

बुधबार राति स्वास्थ्यमा समस्या आएपछि ललितपुरको पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका विश्वकर्माको विहान तीन बजे मृत्यु भएको पारिवारिक स्रोत जनाएको छ ।

मृत्युको कारणबारे यकिन जानकारी आइसकेको छैन । स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् ।

अछाम रामारोशन घर भएका विश्वकर्मा काठमाडौंमा पत्रकारितमा सक्रिय थिए । उहाँले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गर्नुभएको थियो ।

विश्वकर्माको मृत्युप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको महासंघको निष्कर्ष छ ।

पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको भन्दै महासंघले यो अत्यन्त दुःखद् र गम्भीर विषय भएको जनाएको छ ।