
काठमाडौं । आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतया बदली रहने छ ।
त्यस्तै तराईका भू–भागमा पनि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका केही स्थानमा भने हल्का वर्षाको संभावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको संभावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्