१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्सनललाई पराजित गर्दै लिभरपुल फाइनलमा


546
Shares

काठमाडौं । आर्सनललाई पराजित गर्दै लिभरपुल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आर्सनलको मैदानमा भएको दोस्रो लेगको खेलमा लिभरपुल आर्सनललाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

लिभरपुलका लागि दुबै गोल पोर्चुगिज खेलाडी डिएगो योटाले गरे । खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । यस्तै, ७७ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

यसैगरी, खेलको ९० औं मिनेटमा थोमस पार्टेले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको अवस्थामा गएरातिको जितसँगै लिभरपुल समग्रमा २–० ले विजयी भयो । लिभरपुलले अब फाइनलमा चेल्सीको सामना गर्नेछ । फाइनल खेल वेम्बले रंगशालामा फेब्रुअरी २७ तारिखमा हुनेछ ।