
काठमाडौं । निर्वाचन आयोगले ३ राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ ।
आयोगले आज एक सूचना गरेर नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका तीन दलको दर्ता खारेज गरिएको जनाएको छ ।
यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन् । गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह समेत गरेको थियो । तर लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले सो दललाई खारेज गरिएको आयोगले जनाएको छ ।
लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म जरिवाना गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्