३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


एक सयले बढ्यो सुनको मूल्य


403
Shares

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।