१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सावधानी अपनाएर काममा खटिन स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह


663
Shares

काठमाडौं । स्वास्थ्यकर्मीहरू पनि धमाधम संक्रमित हुँदै गएपछि स्वास्थ्य मन्त्रालयले सावधानी अपनाएर काममा खटिन आग्रह गरेको छ ।

स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमणको दर बढ्दा स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरूलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयका सह प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण रहेपनि संक्रमण दर बढाइरहेको बताउनु भयो । उहाँले सरकारले स्वास्थ्यका पूर्वाधारहरू बढाएपनि स्वास्थ्यकर्मीहरूको संख्या थप्न असहज भएको बताउनुभयो ।

अधिकारीले संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रूपमा आइसोलेशनमा बस्नुपर्ने र त्यसपछि पनि लक्षण देखिए थप आइसोलेशनमा बस्न सुझाव दिनुभयो ।