
काठमाडौं । यातायात व्यवसायीले सवारी साधनमा जोरविजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायी र सरोकारवालासँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको हो ।
छलफलमा व्यवसायीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् ।
सवारी साधन कम चल्दा यात्रुको भीड हुने भन्दै व्यवसायी जोरविजोर प्रणालीको विपक्षमा रहेका हुन् । यद्यपि सरकारले गरेको निर्णय आफूहरूले मान्ने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।
जोरविजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने व्यवसायीहरूको भनाइ छ । यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्