
काठमाडौं । नेपालमा थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२३ हजार ९२ जनामा गरिएको परीक्षणमा १० हजार ७ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये काठमाडौंमा ४ हजार २ सय ७९, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा ४ सय ५३ गरी काठमाडौं उपत्यकामा ५ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ६६ जना संक्रमणमुक्त हुँदा ३ लाख ७ हजार ४ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
कोरोनाकै कारण शुक्रबार ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँग अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको छ ।
देशभर ६५ हजार ३ सय ७४ कोरोनाको सक्रिय संक्रमित छन् । जसमध्ये ३५ जनाको भेन्टिलेटरमा र १ सय ९४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्