
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।
माघ ८ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
केन्द्रीय कमिटी बैठक स्थगित गरेर माओवादी केन्द्रले भोलि विहान स्थायी कमिटी बैठक डाकेको छ । कोरोनाका कारण केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादीले जनाएको छ ।
महाधिवेशनबाट माओवादीले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो भने केन्द्रीय कमिटी पनि चयन गरेको थियो ।
पार्टी पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्ने भने पनि पदाधिकारी चयनमा ढिलाइ भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्