२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जापानमा देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने


832
Shares

एजेन्सी । जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ ।

कोरोनाभाइरसबाट संक्रमितको संख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको अधिकारीहरूले बताएका छन् ।

पछिल्लो विवरणअनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाखको हाराहारीमा रहेका छन । उनीहरूलाई आगामी मार्चदेखि खोप दिइने छ ।

अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरेर विकास गरेको यो खोप तुलनात्मक रूपमा अरुभन्दा विश्वसनीय र प्रभावकारी रहेको जापानका सरकारी अधिकारीहरूको बुझाइ छ ।

जापानमा १२ बढी उमेरका नागरिकलाई भने यसअघि नै खोप उपलब्ध गराइसकेको छ । जापानमा कतिपयले भने बालबालिकालाई खोप लगाउने निर्णय अवैज्ञानिक र घातक हुने भन्दै निर्णयको विरोध गरेका छन् ।