
काठमाडौं । अफगानिस्तानको पश्चिमी सहर हेरातमा बम बिस्फोट हुँदा ९ जना घाइते भएका छन् भने ७ जना मानिसको मृत्यु भएको छ ।
सार्वजनिक बसमा गराइएको बिस्फोटमा मृत्यु हुने मध्ये ४ जना महिला समेत रहेको हेरातका अधिकारीहरुले जनाएका छन् । मिनी बसको इन्धन ट्यांकीमा बम राखिएको र सो बम बस गडेलगत्तै विस्फोट भएको गुप्तचर निकायले पुष्टि गरेको अलजजिराले जनाएको छ ।
सो विस्फोटको जिम्मा हालसम्म कसैले नलिएको अधिकारीहरुले बताएका छन् । २० वर्ष लामो सशस्त्र द्वन्द्वपछि गत अगस्तमा सत्ता कब्जा गरेको तालिवानी समूह नेतृत्वमा आएपनि विस्फोट र आगजनीका घटनाहरु नियन्त्रणमा आएका छैनन् ।
सो क्षेत्रमा अझै पनि सिया र सुन्नी मुसलमान समुदायबीच एक अर्कालाई लक्षित गरी विस्फोट र आगजनीका घटनाहरु भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्