
काठमाडौँ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा आज बिहान बोलेरो जिप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको बोलेरो जिप बाटो माथीबाट ढुंगा खसेर लागेको हो । जिपमा ६ जना यात्रु सवार थिए ।
त्यसमध्ये सिद्धिचरण नगरपालिका– १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ । ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएको कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथि बाटा ढुंगा झिक्ने काम भएकाले त्यही ढुंगा खसेर मोलीबाट ओखढुंगा आउँदै गरेको जिपमा लागेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्