
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेकाले देशभरको मौसमा आँशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा पनि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै देशको पहाडी भू–भागका केही स्थानमा भने हल्का वर्षाको संभावना रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।
त्यस्तै आज राती देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ भने बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्