
पोखरा । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ ।
कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह रोकिएको प्रमुख जिल्ला अधिकारी जयनाराण आर्चायले जानकारी दिनुभयो ।
कार्यालयका अन्य कर्मचारीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेपछि संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेका सेवाहरु स्थगन गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्