दिलीप हत्याकाण्डमा धरौटीमा छुटेका अभियुक्त पुनः पक्राउ

news

काठमाडौं । अवैध उत्खननको विरोध गर्दा मारिएका दिलीप भनिने ओमप्रकाश महतो प्रकरणमा मुछिएका तीनजना पुनः पक्राउ परेका छन् ।

दिलीपका साथी रोशनकुमार यादवसहित जितेन्द्र भनिने सत्यनारायण महतो र बृजमोहन भनिने शत्रुधन महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत धनुषाको आदेशमा उनीहरु गत बुधबार २५/२५ हजार धरौटीमा रिहा भएका थिए ।

तीनै जना विरुद्ध शुक्रबार सार्वजनिक शान्ति सुरक्षाको कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मिथिला नगरपालिकामा टिपरले किचेर दिलीपको हतया गरेको अभियोगमा पक्राउ परेका ६ मध्ये तीन जनालाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

रिहा गर्न आवशयक कागजी प्रक्रियाका क्रममा अभियुक्तहरुले होहल्ला तथा शान्ति सुरक्षा भंग हुने कदम उठाएका कारण पक्राउ गर्नुपरेको प्रहरी नायब उपरीक्षक रामेशवर कार्कीले बताए ।  अन्नपुर्ण पोष्ट दैनिकबाट ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...