१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा पछिल्लो २४ घण्टामा ५० हजारले घट्यो कोरोना संक्रमित


117
Shares

काठमाडौं । भारतमा पछिल्ला चार दिनमा कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५५ हजार ८७४ जना संक्रमित थपिएका छन् । यो संक्रमण सोमबारको तुलनामा ५० हजारले कमी हो । सोही अवधीमा २ लाख ६७ हजार संक्रमित निको भएका छन् ।

यस्तै, थप ६१४ जनाको भाइरस संक्रमणले मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमित संख्या २२ लाख ३६ लाख पुगेको छ । संक्रमण दर घटेर अहिले १५.५ प्रतिशत पुगेको छ ।

भाइरस संक्रमणले कर्नाटक राज्य सबैभन्दा बढी प्रभावित छ । त्यहाँको संक्रमण दर ३२.९५ प्रतिशत छ । महाराष्ट्रमा भने संक्रमण संख्यामा गिरावट आएको छ ।

तर, कतिपय अध्ययनले आगामी साताहरुमा भारतमा संक्रमण दर अझै बढ्न सक्ने देखाएको छ । त्यहाँ अझै दुई सातामा भाइरस संक्रमणले पिक लिने बताइएको छ ।