गिरिजाबाबु विरुद्ध प्रचण्डले दिएको अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक: डा. शेखर

news

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्डले गिरिजाप्रसाद कोइरालाबारे दिएको अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवार र अराजनीतिक भएको बताएका छन् ।

उनले जसरी गिरिजाबाबुको कद घटाउने प्रयास गरियो त्यो अत्यन्तै निन्दनिय भएको बताए । ईमेजखबरसँग आज कुरा गर्दै कोइरालाले प्रचण्डजी अझै द्धन्दकालीन मुद्दाबाट डराईरहनु भएको र यसबाट उन्मुक्ती पाउँन यस्तो बोलेको आरोप लगाए ।

कोइरालाले आफू पनि १२ बुँदे सहमतीमा सहभागी भएको व्यक्ति भएकाले गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग कहिले पनि त्यस्तो केही कुरा नगरेको बताए ।

ऐतिहाँसिक व्यक्तित्वको छविमाथि जसरी हिलो छ्याप्ने प्रयास गरियो यसबाट प्रचण्डले ईतिहाँसमा ठुलो मुल्य चुकाउँनुपर्छ शेखरले भने ।

केही दिनअघि जनयुद्ध दिवसका दिन दाहालले तत्कालीन राजाको निरंकुशता अन्त्यका लागि ठूला फौजी हमला गर्न आफूलाई काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले अनुरोध गरेको भन्दै विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र स्थापना गर्न सफल भएको बताएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...