१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युक्रेनमा आक्रमण गरे रुसी राष्ट्रपतिमाथि व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी


156
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे भ्लादिमिर पुटिनमाथि प्रयक्तिगत रुपमै प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ ।

रुसले दक्षिण पश्चिम सीमामा रहेका मुलुकविरुद्ध कदम चाले प्रतिबन्धमा कडाइ गरीने उहाँको भनाइ छ । रुसले आफ्नो कदम नसच्याए दोस्रो विश्वयुद्ध पछिको ठूलो आक्रमण हुनसक्ने बाइडेनको चेतावनी छ ।

रुसले युक्रेनलगायतका छिमेकी मुलुकमा आक्रमण गरे ठूलो मूल्य चुकाउनुपर्ने पश्चिमा नेताले समेत चेतावनी दिएको बीबीसीले जनाएको छ । अमेरिका र अन्यमाथि युक्रेनको विषयले थप तनाव बढाएको रुसमाथि आरोप लागेको छ ।

तर युक्रेन प्रवेश गर्ने आफ्नो योजना नरहेको भन्दै रुसले सो आरोपको खण्डन गर्दै आएको छ । यद्यपी मस्कोले युक्रेनको सीमामा एक लाख भन्दा बढी सैनिक तैनाथ गरेको जनाएको छ । तर अमेरिकाले पनि करिब १० हजार सेना तयारी अवस्थामा राखेको बताइएको छ ।

युक्रेनमा आफ्ना सेना पठाउने कुनै योजना नभएपनि रुसको कदमले युरोपमा समेत नेटोको उपस्थितिलाई बलियो बनाउनुपर्ने अवस्था आएको राष्ट्रपति जो बाइडेनको तर्क छ ।