१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशभरका केही स्थानमा वर्षा र हिमपातको संभावना


676
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

त्यस्तै आज बिहान सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदुर पश्चिम प्रदेशका केही स्थानमा भने हल्का वर्षा समेत भएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । त्यस्तै सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना समेत रहेको छ ।

आज राती भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा भने आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।