अनशनरत् लक्ष्मण थारुको स्वास्थ्यमा ‘समस्या’

news

कैलाली, फागुन ३ । तीन दिनदेखि आमरण अनशनमा रहेका थरुहट/थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या देखिएको छ ।

सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. निराजन दत्त शर्मा पौडेलले लक्ष्मणको शरीरमा सुक्खापनको मात्रा बढ्दै गएको, मुटुको धड्कनमा उतार–चढाव भइरहेको बताए ।

टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीसहित ११ जनाको रिहाइसहित विभिन्न १४ बुँदे माग राख्दै लक्ष्मण धनगढीस्थित क्याम्पसचोकमा आमरण अनशनमा छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...