
बैतडी । सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ ।
पछिल्लो समय कोरोना भाइसको संक्रमण बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरी हुने सबै परीक्षा स्थगित भएको जनाएको छ ।
मंगलबार बसेको परीक्षा बोर्डको बैठकले माघ १६ गतेदेखि सुरु हुन लागेका स्नातक तहको व्यवस्थापन संकायका पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक देवसिंह नाथले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्