१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लता मंगेशकर अझै आईसीयूमा, स्वास्थ्यमा क्रमिक सुधार


364
Shares

काठमाडौं । चर्चित गायिका लता मंगेशकरको उपचार अझै पनि आईसीयूमा भइरहेको छ । १७ औं दिन अघि अस्पताल भर्ना भएकी मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको परिवारले जानकारी दिएको छ ।

मंगेशकरको परिवारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लता जीको स्वास्थ्यमा सुधार देखिएको छ तर उहाँ अझै आईसीयूमा हुनुहुन्छ । उनको डा प्रतुत समदानीको टोलीको निगरानीमा उपचार भइरहेको छ । उनको स्वास्थ्यको बारेमा दैनिक अपडेट दिन सम्भव छैन । यो पूर्णतया पारिवारिक गोपनीयताको कुरा हो । यस विषयको गम्भीरता बुझ्ने प्रयास गरिदिनुहुन अनुरोध गर्दछौं । अफवाह फैलाउनबाट बच्नुहोस् र लता जीको स्वास्थ्यको लागि प्रार्थना गर्नुहोस् । हामी तपाईको सहयोगको लागि आभारी छौं ।’

८ जनवरीमा उनलाई कोरोना पोजिटिभ भएपछि मुम्बईको क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणपछि उनलाई निमोनिया समेत भएको चिकित्सकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

९२ वर्षीया मंगेशकरको उमेर र स्वास्थ्यको ख्याल गर्दै आईसीयूमा चिकित्सकको कडा निगरानीमा राखिएको छ ।