
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेर घाइते हुनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद चौधरी दाङको घोराही जाँदै गर्दा बाटोमा दुर्घटनामा पर्नु भएको हो ।
सांसद चौधरी सवार गाडी ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सांसद चौधरीको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (ख) मा नेकपा एमालेबाट निर्वाचित सांसद चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी कालाकाटे नजिकै दुर्घटनामा परेको हो ।
प्रतिक्रिया दिनुहोस्