२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संविधान र कानून अनुरुप नै तीनै तहको निर्वाचन हुनुपर्छ : अध्यक्ष नेपाल


195
Shares

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचन संविधान र कानून अनुरुप हुनुपर्ने बताउनु भएको छ ।

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन संविधानलाई सर्वोपरीमा राखेर सम्पन्न गर्नुपर्ने बताउनु भएको हो ।

एकैपटक तीन तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञसँग विस्तृत छलफल भइरहेको उहाँले बताउनु भयो ।

बुधवार भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तरुढ गठबन्धनले जित्ने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको दावी छ ।