१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बहिष्कार गर्ने भनिएको राप्रपाले बागमती प्रदेशमा पनि गर्‍यो मतदान


1.092k
Shares

हेटौंडा । प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान गरेको छ ।

राप्रपाका बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले बुधबार हेटौंडामा मतदान गर्नुभएको हो ।

राप्रपाले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान नगर्ने भनी मंगलबार केन्द्रीय समितिको बैठकमा निर्णय भएता पनि बागमती प्रदेशमा मतदान गरिएको छ ।

प्रदेश सभा सदस्य रिता माझीले पार्टीले मंगलबार साँझ मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरिएको बताउनुभयो ।

राप्रपाको बागमती प्रदेशमा स्थानीय तहमा २ जना, प्रदेशसभामा २ जना प्रतिनिधि रहेका छन् ।