
काठमाडौं । इजिप्ट र इक्वेटोरियल गिनी अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको खेलमा उपाधि दावेदार टोली आईभोरी कोष्टलाई पेनाल्टी सुट आउटमा हराउँदै इजिप्ट अन्तिम आठमा पुगेको हो । खेलको निर्धारित तथा अतिरिक्त समयमा दुवै टोलीबाट गोल नभएपछि टाई ब्रेकरबाट निर्णाय गरिएको हो । टाइ ब्रेकरमा इजिप्ट ५–४ ले विजयी भयो ।
राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा मालीलाई पेनाल्टी सुट आउटमा ६–५ ले पाखा लगाउँदै इक्वेटोरियल गिनी पनि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
गएरातिका खेलहरुपछि अफ्रिका कप फुटबलको क्वाटरफाइनल समिरकण पूरा भएको छ ।
शनिबार हुने क्वाटरफाइनल खेलहरुमा क्यामरुन र गाम्बिया तथा ट्युनिसिया र बुर्किना फासो भिड्नेछन् । यसैगरी आइतबार इजिप्टले मोरक्कोसँग खेल्दा इक्वेटोरियल गिनीको भिडन्त सेनेगलसँग हुनेछ ।
प्रतिक्रिया दिनुहोस्