
काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ९ दशककै न्यून देखिएको छ । १२ औं राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागले ९० वर्षयताकै न्युन जनसंख्या वृद्धिदर भएको जनाएको हो ।
विभागका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । २०६८ मा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । यसबीचमा झण्डै २७ लाख जनसंख्या थपिएको छ ।
अहिले नेपालको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । १० वर्षअघि वार्षिक वृद्धिदर १.३५ प्रतिशत रहेकामा यस पटक भने ०.९३ प्रतिशतमा झरेको छ । यसको अन्तिम तथ्यांक आउँदा केही तलमाथि हुनसक्ने भएपनि ठूलो घटबढ नहुने विभागले जनाएको छ ।
नेपालमा पहिलोपटक वि.सं. १९६८ मा जनगणना भएको थियो । त्यसपछि हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्