
इलाम । इलाममा आज बिहान पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
झापाबाट इलाम जाँदै गरेको पिकअप जिप अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको थियो ।
मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा झापाको मेचीनगर नगरपालिका–४ बस्ने रमेश थापा र सोही स्थानका सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको छ ।
गम्भीर घाइते भएका जिप चालकलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्