२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कानुन मन्त्री बडूलाई कोरोना संक्रमण


195
Shares

काठमाडौंः कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ ।

बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूमा संक्रमण पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराउनु भएको थियो ।

मन्त्री बडू अब केही दिन आइसोलेसनमा रहने बताइएको छ ।