
काठमाडौंः नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेल बुधबार भएको राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उक्त पद रिक्त हुन गएको हो ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनितबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल अस्वीकृत गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्