१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै


117
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समितिको भर्चुअल बैठक हुने भएको हो । कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्नेगरी केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दबाब दिँदै आउनु भएको थियो ।

संविधान अनुसार पाँच वर्षभित्र स्थानीय जनप्रतिनिधिको निर्वाचन हुनुपर्ने भएपनि अहिले सत्ता गठबन्धनमा निर्वाचन ६ महिना सार्ने सहमति भएको छ ।

सत्ता गठबन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदको निर्वाचन पहिले गरेर स्थानीय तहको निर्वाचन ६ महिनापछि गर्ने प्रस्तावलाई सत्ता गठबन्धनले अनुमोदन गरेसँगै त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

निर्वाचन आयोगले बारम्बार पाँच वर्षभित्रै निर्वाचन गराउनुपर्ने भन्दै सरकारलाई ध्यानकर्षण गराइरहेको भएपनि नेपाली कांग्रेस समेत निर्वाचन सार्ने पक्षमा उभिन थालेपछि निर्वाचनबारे उचित निर्णय लिन बैठक बोलाउन लागिएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समयमा स्थानीय निर्वाचन गराउन दबाब दिइरहेको छ ।

एमालेले संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत भएको र सत्ता गठबन्धनले गरेको व्याख्या मान्य नहुने भन्दै अदालत जाने चेतावनी दिँदै आएको छ ।