२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


वैदेशिक लगानी प्रतिवद्धता बढ्यो


65
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १ सय ५४ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन् । गत वर्षभन्दा चालु आर्थिक वर्षमा ५१ वटा बढी उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

विभागको तथ्यांक अनुसार यो अवधिमा ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग दर्ता भएका छन् । यी उद्योगले कुल १ खर्ब ८६ अर्ब लगानी प्रस्ताव गरेको छ ।

गत वर्ष यो अवधिमा १ सय ३ वटा उद्योग दर्ता भएको थियो । यी उद्योगले कम्तीमा १३ हजार ७ सय ४८ जनालाई रोजगारी दिने उल्लेख छ । यो समयमा कुल ३० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको छ । ६ महिनामा कुल ट्रेडमार्क दर्ता १६ सय ८० वटा दर्ता भएका छन् ।

यसैबीच, आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तसम्म ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिवद्धता प्राप्त भएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८६ अर्ब प्रतिवद्धता आएको छ । यो लगानी प्रतिवद्धता एक सय ५८ दशमलव ३३ प्रतिशले बढी रहेको विभागले जनाएको छ ।