
काठमाडौं । अमेरिकाको पिट्सवर्गमा एक पुल भत्किंदा १० जना घाइते भएका छन् ।
भारी हिमपातकाबीच पुल भत्कंदा पुलमाथि रहेका ७ वटा सवारी साधन दुर्घटनामा परेको हो । घाइते मध्ये ३ जना महिला रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
घटनामा केही मानिस सवारी साधनमा अड्के पनि सकुशल उद्धार गरिएको छ । पिट्सवर्गमा भारी हिमपातका कारण जनजीवन अस्तब्यस्त बनेको बेला अमेरिकी राष्ट्रपति जो बाइडनले सोही क्षेत्रको भ्रमण गरेको केही बेरमा पुल भत्केको हो ।
अमेरिकाको बिभिन्न शहरमा रहेका ४५ हजार पुल मध्ये ३ हजार बढी पुल जीर्ण अवस्थामा रहेको अमेरिकी संचार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्